पोखरा । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ ।
संघीय सरकारसंग यातायात व्यवसायीले गरेको सहमती अनुसार गण्डकी प्रदेश सरकारले आफैले ल्याएको नियमावली हाल स्थगित गर्ने निर्णय गरेको हो ।
संघीय सरकार र यातायात व्यवसायीवीच नियमावली स्थगित गर्ने सहमती भएको थियो ।त्यो सहमतीको पत्र मुख्मन्त्री कार्यालमा आए लगत्तै बसेको बैठकले एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।