प्रतिभा माविले जित्यो अन्तर विद्यालय छात्र टि–२० क्रिकेट प्रतियोगिताको उपाधि

पोखरा, जेठ २५ ।पोखरामा सम्पन्न  अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधि पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले जितेको छ । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा आईतबार भएको उपाधि भिडन्तमा प्रतिभा माविले सृजना माविलाई ८ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।

टस जितेर प्रतिभाले फिल्डिङ रोजेपछि पहिलो व्याटिङमा उत्रिएको सृजना माविले १४.४ ओभरमा १० विकेटको क्षेतीमा ६० रन बनाएको थियो । प्रतिभा माविका बलरहरुसामु सृजनाका व्याटरहरु निरीह देखिए । शुरुदेखि नै दवाबमा खेलेको सृजनाका व्याटरहरुमध्ये अभय विक बाहेकले सम्हालिएर खेल्नै सकेनन् । अभय विकले १८ रन, बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

 

 

प्रतिभाका बलरहरुले सृजनाका ब्याटरहरुको व्याटिङ अर्डर ध्वस्त पारेका थिए । प्रतिभाका सरोज पौडेलले ४ ओभरमा १३ रन खर्चेर ४ तथा रेमिट शर्माले ३ विकेट लिएका थिए ।

 

 

६१ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभा माविले केवल ५.१ ओभरमा २ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । प्रतिभा माविका लागि सफल श्रेष्ठ एक्लैले ३९ बनाएपछि सहजै जित निस्केको थियो । सोनु यादवले २.१ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए ।

 

 

फाईनल खेलमा प्रतिभा माविका सरोज पौडेल प्लेयर अफ दी म्याच घोषित भए ।

 

 

उपाधि जितेको प्रतिभा माविले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यस्तै, उपबिजेता बनेको सृजना माविलेपनि ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा उपाधि जितेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ दी सिरिजसँगै बेष्ट ब्याटर घोषित भए । त्यस्तै, उपबिजेता बनेको सृजना माविका सोनु यादव बेष्ट बलर घोषित भए ।

 

 

बिजेताहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुन, सचिव कपिलदेव गौतम, सदस्यहरु भरत थापा र अभिनय श्रेष्ठ, एक्सपट एजुकेसन एण्ड भिसा सर्भिसेजका शाखा प्रमुख सलिम दिवान, बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतम, बिजनेस अफिसर अमीर दिवानलगायतले पुरकास्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...