डिलभिरको मापदण्ड घटाउन रातोपैह्राका वासिन्दाको माग

पाेखरा, असार ३० गते । सरकारले जग्गाको लालपुर्जा दियो तर घर बनाउन नपाएको भन्दै पोखरा १७ रातोपैराका वासिन्दाले सेतीनदीको मापदण्ड घटाउन माग गरेका छन् । उपल्लो रातोपैह्रा टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले महानगरपालिकाले लगाएको डिलभिरको मापदण्ड घटाउन माग गरेका हुन् ।

महानगरले सेतीनदीकोे मापदण्ड डिलभिरबाट ३० मिटर कायम गर्दा लामो समयको अन्तरालमा प्राप्त गरेको जग्गाधनी पुर्जाको तिरोतिर्ने र घरको नक्शा प्राप्त गर्ने अधिकारबाट बञ्चित हुन वाध्य भएको स्थानीय वासिन्दाको सामुहिक गुनासो रहेको छ ।

 

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले सो साधारण सभाको उद्घाटन गर्दै सेतीनदी लगायत विभिन्न खोलाको मापदण्ड घटाउन पहल गर्ने बताउनुभयो ।
जलवायु परिवर्तनको कारण नदी र खोलाका किनाराको वस्ति उच्च जोखिममा रहेको भन्दै नागरिकको सुरक्षाको लागि महानगरले मापदण्ड कायम गरेकोमा जोड दिंदै उहाँले यस क्षेत्र सेनीदनी खुल्ला अवस्थामा रहेको हुँदा पुर्नरावलोकन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले टोलछिमेकको विकास निर्माणमा स्थानीयवासिन्दा सगठीत भएर लाग्नु पर्नेमा जोड दिंदै एकतावद्ध समाजले मात्र आवश्यक पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

समाजसेवी लिला वहादुर जिसीले पिछडीएको यस क्षेत्रको विकास निर्माणमा वडास्तरबाट विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा टोल विकास संस्थालाई सहयोग गर्नुहुने आठजनालाई सम्मानपत्र र खादाले सम्मान गरिएको थियो ।

 

संस्थाका अध्यक्ष देववहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष टिका वहादुर द्धारे खाँण, मनशान्ति केसी,भिम प्रसाद सुवेदी,सकुन्तला शर्मा लगायतले टोल विकास संस्थाको महत्व माथि प्रकाश पर्नुभएको थियो ।

 

संस्थाको उपाध्यक्ष सरास्वती सिग्देलले स्वागत गर्नुभएको कार्यक्रममा सचिव कृष्णप्रसाद सापकोटाले सांगठानिक र लक्ष्मी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...