पाेखरा भ्रमण वर्ष कार्यसम्पादन समितिकाे अभिभावकीय भुमिका, गोरखा र बन्दीपुरमा पर्यटक बढाउन सहकार्यकाे प्रस्ताव

एकराज गिरी /पोखरा,भदौ ३ गते ।पोखरा गण्डकी प्रदेश र पर्यटनको राजधानी हो । गण्डकी प्रदेशमा ८५ पालिका छन । ८५ मध्य महानगरपालिका पोखरा हो । प्राकृतिक, सांस्कृति र सहासिक पर्यटनको गन्तव्य स्थल हो पोखरा ।त्यसैले पोखराको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन हो । पर्यटनबाटै समृद्ध पोखरा बनाउने योजना सहित अगाडी बढेको छ ।सन् २०२५ लाई पोखरा भ्रमणवर्ष घोषणा गरेको छ ।महानगरले १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।भौगोलिक र वडा संख्याका आधारमा देशकै ठूलो महानगर हो पोखर । पोखरा पर्यटन र प्रदेशको राजधानी मात्रै हैन ठूलो महानगर तीन उपाधिले सम्वोधन हुने एक्लो सहर हो ।त्यसैले प्रदेशका ८४ पालिकालाई अभिभावकीय भुमिका निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी पोखरासंग छ । पोखराले जिम्मेवारी र दाहित्वलाई बहन गर्दै पर्यटनको सम्भावना बोकेका पालिकालाई पर्यटनसंग जोडदै गण्डकी प्रदेशमा पर्यटक त्रित्याउन पालिकाहरुसंग समन्वय र सहकार्यको हात बढाउदै अभिभाबकीय जिम्मेवारी निर्वाह गरेको छ । भ्रमण वर्ष घोषणा गरेका पालिकाहरुसंग भ्रमणवर्षका गतिविधि, अनुभव आदानप्रदान र सहकार्यका लागि आह्वान गरेको छ ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा २०२५ लाई भ्रमण वर्ष घोषणा गरेका गोरखा जिल्लाको गोरखा नगरपालिका र तनहुँको बन्दीपुर गाउँपालिकासंग सहकार्यका लागि आग्रह गरेकोे हो । पोखराले पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिले ऐतिहासि स्थल गोरखा र पहाडकी रानी बन्दीपुरलाई पर्यटनमा साझेदार बन्न आग्रह गरेको हो । पोखरा भ्रमण वर्ष २०२५ कार्य कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भटराईले सबैको सहयोग र साथ हुनुपर्नेमा जोड दिनुभयो । भ्रमण वर्ष घोषणा गरेर मात्रै हुदैन् नगरपालिका गाँउपालिका सबैको सहयोग चाहिन्छ उहाँले भन्नुभयो,“पर्यटनबाट सबैले फाइदा लिनुपर्छ । त्यसैले पोखराले गण्डकी प्रदेशका पालिकाहरुसंग सकार्य गर्नका लागि आह्वन गर्दछ ।”

 

उहाँले बन्दीपुरमा पनि नयाँ पर्यटकीय गन्तब्यहरु थपिएका छन र यसको प्रचार गदै जोगाउन सकार्य आवश्यक छ भन्नुभयो । सरकारले मात्रै गरेर सम्भव नहुने भएकाले नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्छ र सरकारलाई पनि साथसाथै लैजानुपर्छ उहाँले भन्नुभयो,“राज्यले मात्रै सबै कुरा गर्न सक्दैन त्यसैले नीजि साझेदारीमा अगाडी बढनुपर्छ । राज्यसंगै भयो भने सहज हुन्छ ।” नीतिगत रुपमा समस्या भएर समाधान गरौ तर साझेदारीमा काम गरौ भन्ने उद्देश्यले पोखराले गोरखा र बन्दीपुरमा आएका हौ उहाँको भनाई थियो । गोरखा बन्दीपुरमा भ्रमण वर्षका बोडहरु राख्ने र एक आपसमा सकार्य गरेर अगाडी बढौ संयोजक भटराईे भन्नुभयो । बन्दीपुरका साथीहरु पनि पोखरा आउनुस सक्ने सहयोग गर्न तयार छौँ र भ्रमण वर्ष सफल पारौँ भटराईले आह्वान गर्नुभयो ।उहाँले गण्डकी प्रदेशका ८५ वटै पालिकामा पुग्ने योजना रहेको संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिनुभो ।

 

पोखरा महागनरपालिका प्रबक्ता मोलीलाल तिमिल्सिनाले पर्यटनमा सहकार्य गरेर अगाडी बढदा सबैले फाइदा लिन सक्ने भएकाले पोखराले सहकार्यको लागि अग्रसता लिएको बताउनुभयो । उहाँले गोरखा ऐतिहासिक र महत्वपूर्ण रहेकाले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउनका लागि प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा, गोरखा र बन्दीपुर वीच सहकार्यका लागि प्रयास भएको बताउदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा आउने पर्यटकलाई गोरखा र बन्दीपुर पु¥याउनका लागि सहयोग गर्ने बताउनुभयो ।

 

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले भ्रमण वर्ष घोषणाले गोरखामा पर्यटक बढेको बताउनुभयो । गत वर्ष ९० हजार पर्यटक आएकोमा यस वर्ष साउनसम्म १ लाख ३५ हजार पर्यटक आएको बताउदै पोखरासंगको सहकार्यले पर्यटन बृद्धिमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले गोरखा ऐतिहासिका स्थल भएकाले भ्रमण वर्षमा इतिहासको जगमा पर्यटक बढाउने प्रयासमा भुमिका खेल्ने बताउनुभयो ।

 

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँग सकार्य गर्न पाउदाँ खुशी लागेको बताउदै पर्यटकीय साझेदारीले बन्दीपुरलाई पर्यटनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।“बन्दीपुर पहाडको रानी भएजस्तै पोखरा प्रकृतिको राजा भएकाले एक आपसामा गरिने सहकार्यले दुुबै गन्तव्यको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने छ ।”, उहाँले भन्नुुभयो, “यसका लागि एक आपसमा सहकार्य आवश्यक छ, सहकार्य गर्दै अघि बढ्न हामी तयार छौं ।” पर्यटकलाई बन्दीपुरहुँदै पोखरा जाने र फर्किदा पनि एक रात बन्दीपुर बास बस्ने अवस्था सृजना भए दुबै ठाउँले लाभ लिन पाउने उहाँको भनाई थियो ।

 

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले गण्डकी प्रदेशमा पर्यटन भित्राउन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आइरहेको बताउदै पर्यटनमा सहकार्य र समन्वय हुदाँ थप प्रभावकारी हुने बताउनुभयो । पोखरा, बन्दीपुर र गोरखावीचको सहकार्यले भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले पोखरासंगै ११ जिल्लामा पर्यटन सम्बन्धि कार्यक्रम संचालन गरिरहेको उल्लेख गर्नुभयो । लामिछानेले एकआपसको पर्यटकीय सहकार्यले दुुबै गन्तव्य लाभान्वित बन्ने बताउनुुभयो । यसबाट पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्नुुका साथै पर्यटकले गर्ने खर्च पनि बढाउने उहाँले बताउनुुभयो ।

 

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सह–संयोजक दामोदरभक्त थापाले एकआपसका गन्तव्यबाट पर्यटक आदानप्रदान गर्न सकेमा सामुहिक लाभ लिन सकिने बताउँदै यसका लागि सहकार्य जरुरी भएको धारणा राख्नुुभयो । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले भ्रमण वर्ष घोषणा भएका पालिकाहरू एकै ठाउँमा बसेर पर्यटकीय साझेदारी लगायतका विषयमा नीति निर्माण बढ्दै अघि बढ्न सकेमा समग्र पर्यटको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।

 

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सदस्य सचिव एवम् महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार संस्थाहरू पनि लगानीका लागि इच्छुक भएको बताउनुुभयो । पर्यटनमा साझेदारी बढाउँदै त्यसले समग्र पर्यटनको विकासमा महत्वपूर्ण सहयोग पुुग्ने उल्लेख गर्दै उहाँले त्यसैको खोजी गर्न आफूहरु विभिन्न पालिकाको भ्रमणमा निस्कीएको बताउनुुभयो ।

 

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकीय गन्तव्यबीच सहकार्य हुँदा त्यसबाट पर्यटकको बसाई लम्ब्याउन सघाउने बताउनुुभयो । महिला व्यवसायी रामकली खड्काले बन्दीपुरमा विगतमा चकटी, गुन्द्री आदि उत्पादन हुने गरेकोमा अहिले त्यो हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुुभयो । परम्परा र मौलिकता जोगाउँदै अघि बढ्नुुपर्नेमा उहाँले जोड दिनुुभयो ।

 

बन्दीपुर भ्रमण वर्ष २०२५ का सदस्य राजुु बानियाले प्राचीन मौलिकताले सम्पन्न बन्दीपुरमा उक्त मौलिक पन हराउँदै नयाँ आधुनिक घर बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुुभयो । प्राचीन मौलिकता जोगाउनका लागि नीति आवश्यक भएको उहाँको भनाइ छ । उद्योग वाणिज्य संघ बन्दीपुरका अध्यक्ष घनश्याम खड्काले पुरानो मौलिकतालाई जोगाउनका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) बनाएर अघि बढ्नुु आवश्यक भएको धारणा राख्नुुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...