पाेखराबाट सुरु भएकाे नीजि नर्सहरुकाे आन्दाेलन चर्किएकाे छ । नीजि अस्पतालहरुमा कार्यरत नर्सहरुकाे आन्दाेलनलाइ समर्थन जनाउदै आन्दाेलित भएका छन ।

देशव्यापी बनेको छ।

अस्पतालले नर्सका माग समयमै पूरा नगरेपछि देशभरिका सम्पूर्ण सरकारी र निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरूमा नर्स आन्दोलन चर्किए छ।
मणिपाल अस्पतालका नर्सहरूले असोज १२ गते अस्पताल प्रशासनलाई मागपत्र बुझाएर आन्दोलनको थालनी गरेका थिए।
उनीहरूले अहिले न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ मात्र दिएको भन्दै सरकारले तोकेको न्यूनतम पाँचौं तहको सुविधा मासिक ३५ हजार तलब माग गर्दै आन्दोलन थालेका थिए।
मणिपाल अस्पतालमा कार्यरत करिब २५५ जना नर्सले थालेको सुरु गरेका थिए ।देशभरका मेडिकल कलेज तथा अस्पतालहरूका नर्सहरूले सरकारले तोके सरह सुविधा माग गर्दै आन्दोलन गरिरहेका छन्। माग सुनुवाइ नभएको भन्दै नर्सहरू आक्रोशित बनेका छन्।
नीजि अस्पतालका नर्सहरुकाे आन्दाेलनलाइ समर्थन गर्दै पाेखरा स्वास्थ्य बिजानका नर्सहरु काम द्दाडेर आन्दाेलनमा सहभागी भएका छन् ।
सरकारी अस्पतालमा कार्यरत नर्स समेत आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नर्सले सम्मानजनक तलब लगायत सुविधा पाउनुपर्ने मुख्य माग रहेको बताएका छन्।
नेपाल नर्सिङ संघ कास्कीका सचिव शारदा शर्माले बाध्य भएर नै आन्दोलनमा उत्रनुपरेको बताइन्। अस्पताल जस्तो संवेदनशील र अत्यावश्यक क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको एक महिना बितिसक्दा समेत सरकार र निजी तथा सामुदायिक अस्पताल प्रशासनले माग सुनुवाइ नगरेको उनले बताइन्। अस्पताल प्रशासनले श्रम ऐन अनुसार अदक्ष कामदारलाई तोकिएको न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ पनि नर्सलाई नदिएको उनले बताइन्।
नर्स पढेर, तालिम लिएर दक्ष स्वास्थ्यकर्मी भए पनि अस्पताल प्रशासनले अदक्ष कामदार जति पनि व्यवहार नदेखाएको उनल बताइन्। उनीहरुले माग पुरा नभएसम्म काममा नफर्कने बताएका छन् ।आन्दाेलनकाे कार्यकम अन्तर्गत कार्तिक १८ गतेसम्म पेन डाउन जारी रहने बताइएकाे छ ।