पोखरामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव, २५ फिल्म देखाइने, प्रवेश निशुल्क

एकराज गिरी/पोखरा, मंसिर । पोखरामा मंसिर ६ र ७ गते पोखरामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव हुने भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव बारे जानकारी दिइएको हो ।

महोत्सव पोखराको चिप्लेढुंगास्थित क्यूएफएक्स टेड मलमा हुने छ । महोत्सवमा २५ चलचित्र समावेश गरिएको छ । तीमध्ये १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित छ लघु चलचित्र तथा नौ नेपाली लघु चलचित्र रहेका आयोजकले जनाएको छ । सामाजिक जीवनको पहिचान, अपनत्व, प्रतिरोध, रूपान्तरणलगायत विषयलाई विश्लेषण गरी चलचित्र छनोट गरिएको नेपालका लागि युरोपेली सङ्घका सूचना अधिकारी विद्यालक्ष्मी महर्जनले बताइन् ।

 

यसंयुक्त अधिराज्यबाट बाफ्टा लघु चलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क तथा आडिओस’ समावेश छन् । साथै स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँगको सहकार्यमा छनोट गरिएका नेपाली लघु चलचित्र रहेका महर्जनले बताइन् । उनका अनुसार ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस, इटर्नल किनशिप’ लगायत छन् ।

 

उक्त चलचित्र महोत्सव नेपाललाई फ्रान्स, जर्मनी र फिनल्याण्डसहित काठमाडौँ र दिल्लीमा युरोपेली सङ्घका सदस्य राष्ट्रलाई प्रतिनिधित्व गर्ने दूतावास, सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँगको सहकार्यमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आयोजना गरेको हो ।पोखरामा शनिबार दिउसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा चलचित्र उद्योगले अब के गर्ने भन्ने विषयमा छफल कार्यक्रम आयोजना गर्दै छ ।

 

छलफलका बक्ताहरुले स्थानीय, राष्टिय र अन्तराष्टियस्तरमा चलचित्र क्षेत्रमा काम गर्दै हासिल गरेका अमूल्य अनुभवहरु साझा गर्ने छन । आफनो अनुभवका आधारमा उनीहरुले पोखरालाई काठमाडौबाहिर एक सक्षम, दिगो र सम्भावनायुक्त चलचित्र केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारे विचार प्रस्तुत हुने सूचना आधिकारी महर्जनले बताइन् ।बक्ताहरुमा गौ माया गुरुग , जस्सु गुरु र प्रविण टक्की कार्की रहेका छन भने प्रस्तोता सुनिल पाण्डे रहने छन ।

 

सबै चलचित्र प्रदर्शनी निःशुल्क रहनेछन् । सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल राखिने सूचना अधिकारी महर्जनले जानकारी दिइन् । महोत्सवअघि कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिने उनले बताइन् ।यस अघि चलचित्र महोत्सव काठमाडौमा सम्पन्न भैसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...