देश निर्वाचनमा अगाडी बढ्यो :संचारमन्त्री खरेल

पाेखरा, पुस १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश निर्वाचनको बाटोमा अगाडी बढेको बताएका छन् । खुख्य राजनीति दलका शीर्ष नेता र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफलले चुनावी वातावरण बनाउन ठुलो सहयोग पुगेको उनको भनाइ थियो ।

सुचना, सञ्चार तथा प्रविधि मन्त्रालयले आज पा पोखरामा आयोजना गरेको आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री खरेलले प्रमुख राजनीति दलहरुसंग प्रधामन्त्रीले छलफल गरेपछि देश निर्वाचनको बाटोमा अगाडी बढेको बताए हुन् । “मुलुक अब निर्वाचनमा अघि बढिसक्यो । अब कुनै राजनीतिक दल चुनावमा जान्न भन्ने अवस्था छैन,” उनले भने, “नयाँ दलहर गठबन्धन गर्दै छन्, पुराना दलहरु चुनावमा होमिइसकेका छन् ।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले यो हप्ता सघन रुपमा दलहरु र जेनजी प्रतिनिधिसँग छलफल भएसंगै निर्वाचनको वातावरण बनेको बताए ।

 

फागुन २१ को चुनावपछि नयाँ मानक स्थापना गर्दै देश सुशासन, समृद्धि हुँदै सुन्दर भविष्यतर्फ अघि बढ्ने उनको भनाई थियो । मन्त्री खरेलले अहिले सञ्चारक्षेत्र सङ्कटमा रहेको उल्लेख गदै समाधानका उपायहरु अवलम्बन गर्न सुझाव दिए । उनले संचार माध्यमका प्रस्तुतिमा नवीनताको आवश्यकता औल्याउदै आधुनिक प्रविधि र उपकरण प्रयोगमा जोड दिए ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका मुख्य सचिव डुन्डुराज घिमिरेले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । जनतालाई सुसूचित गर्न र जनताप्रति जवाफदेही बनाउन मिडियासँग सहकार्य गर्न तयार रहेको बताए ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा ,नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल लगायतले बोलेका थिए । छलफल कार्यक्रममा आमसञ्चारका समस्या र समाधानबारे सञ्चार मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर, सञ्चार माध्यमबारे प्रदेश सरकार र संघ सरकारका अधिकारबारे गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारी र सञ्चार माध्यम र विज्ञापनबारे विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...