नेका कास्कीद्धारा निर्वाचन परिचालन समिति गठन, १३ मा सम्पर्क कार्यलय स्थापना

no no no koपोखरा । नेपाली कांग्रेस कास्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयारी अघि बढाएको छ ।

तयारी स्वरूप नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

 

कास्की काँग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको छ। जसको सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन् ।

 

साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। जसको सदस्यहरूमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन् ।

 

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नम्बर १ कास्कीले चुनावी अभियान अन्तर्गत बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ।

 

सम्पर्क कार्यालयको कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक बहादुर रानाभाटले मतदाताबाट प्रेम र सद्भाव पाइरहँदा खुसी मिलेको बताए ।

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले जनताको बीचमा रहेका समस्या समाधान र विकास योजना आफ्नो प्राथमिकता भएको बताए ।

 

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले समाजमा रहेका बेथितिहरूको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने बताए ।

 

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति १३ का सभापति माधव प्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष किरण बराल, विद्यार्थी नेता दीपक पौडेल र कार्यसमितिका सचिव बुद्धिराज बरालले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...