पोखरा १७ का स्थानीयले दिए एमाले उम्मेदवार रश्मिलाई जितको शुभकामना

पोखरा, २८ माघ ।नेकपा एमालेबाट कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यलाई जितेर गएपछी कानून निर्माणमा आफ्नो सशक्त भूमिका खेल्न आग्रह गर्दै जितको अग्रिम शुभकामना दिएका छन  । आसन्न प्रतिनिधि सभा सदस्य  निर्वाचन लक्षित चुनावी प्रचारको क्रममा पोखरा १७ मा पुगेका उम्मेदवार आचार्यलाई स्थानीयले  जितको अग्रिम शुभकाममा दिएका हुन ।

भेटका क्रममा स्थानीय मतदाताले समानान्तर विकासमा जोड दिन आग्रह गरे । उनीहरुले वडामा विकासले क्रमशः गति लिएको बताउदै बजार एरियाबाट भित्री क्षेत्रमा  सडक, बाटो, ढल लगायत विकास निर्माणका काममा साथ दिन आग्रह गरे ।

सोही अवसरमा विकास प्रेमी, जनतामूखी उम्मेदवार आचार्यले सूर्य चिन्हमा मतदान गरि काम गर्ने अवसर  मिलाइदिन आग्रह गरे । आफू जितेर गएपछिको मूख्य जिम्मेवारी राम्रो कानून बनाउने रहेको बताए । उनले  भ्रस्टाचार विरुद्द , सुशासनको पक्षमा  सधै सदनमा आवाज उठाउने भन्दै कास्की २ का मतदाताको शिर  ठाडो पार्नेगरी काम गर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...