कास्कीमा निर्वाचन अवधिभर रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन हुने

पोखरा, फागुन  । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न कास्की जिल्लामा रात्रीकालीन व्यवसायमा समयसीमा तोकिएको छ।


जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको जरूरी सूचनाअनुसार मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्म कास्कीभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरू राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ। त्यसपछि सबै प्रकारका व्यवसाय अनिवार्य रूपमा बन्द गर्न निर्देशन दिइएको छ।

 

निर्वाचन अवधिभर सार्वजनिक शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले होटल, रेष्टुरेन्ट, मदिरा व्यवसाय, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टर लगायतका व्यवसायी तथा सर्वसाधारणलाई पूर्ण सहयोग र प्रभावकारी कार्यान्वयनका लागि प्रशासनले अनुरोध गरेको छ।

 

सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायबाट सूक्ष्म अनुगमन तथा निगरानी गरिने जनाइएको छ। सूचनाको अवज्ञा वा उल्लङ्घन गरेको पाइएमा तथा सार्वजनिक शान्ति–सुरक्षा र सद्भाव विथोल्ने गतिविधिमा संलग्न भेटिएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...