मध्यपूर्व तथा खाडी क्षेत्रका देशमा श्रम स्वीकृति स्थगन गर्ने निर्णय

पाेखरा ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ले मध्यपूर्व तथा खाडी क्षेत्रका विभिन्न देशका लागि श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको छ।


काठमाडौंस्थित बैदेशिक श्रम स्वीकृति शाखा, ताहाचलबाट जारी सूचना अनुसार मिति २०८२ फागुन १७ गते माननीय मन्त्रिस्तरबाट भएको निर्णय बमोजिम साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इजरायल लगायतका देशमा वैदेशिक रोजगारीका लागि प्रदान गरिँदै आएको व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको हो।

 

मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ। विभागका अनुसार सम्बन्धित देशहरूमा रोजगारीका लागि यस विभाग तथा मातहतका निकायहरूबाट जारी गरिने सम्पूर्ण श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्म रोक्का रहनेछ।

 

यस निर्णयले ती देशमा रोजगारीका लागि जाने तयारीमा रहेका कामदारहरू प्रभावित हुने भएका छन्। विभागले थप जानकारी तथा निर्णयका लागि आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...