पोखरा महानगरका वडा कार्यालयबाट सेवा प्रवाह बन्द हुने

पोखरा, फागुन १७ — पोखरा महानगरपालिकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका कारण महानगरका मतदानस्थल कायम भएका सबै वडा कार्यालयबाट एक दिन सेवा प्रवाह बन्द हुने जनाएको छ।


नगर कार्यपालिकाको कार्यालयद्वारा जारी पत्रअनुसार मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्बन्धित वडा कार्यालय भवनहरूमा मतदानस्थल तोकिएको छ।

सोही सन्दर्भमा निर्वाचनमा खटिने कर्मचारीहरू फागुन १८ गतेदेखि नै मतदानस्थलमा उपस्थित भई आवश्यक तयारी कार्य गर्नुपर्ने भएकाले मिति २०८२ फागुन १९ गते वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द रहने जनाइएको छ।

 

महानगरका उप–सचिव  कृष्ण प्रसाद तिवारीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै वडालाई उक्त जानकारी सर्वसाधारणमा प्रवाह गर्न निर्देशन दिइएको छ।

 

महानगरपालिकाले निर्वाचन कार्यलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...