पाेखरामा भेटिएकाे शंकास्पद झाेला‌ निर्वाचनमा खटिएका कर्मचारीकाे

पाेखरा ।पोखरा महानगरपालिका–६ लेकसाइड, स्ट्रिट नं.–४१ स्थित लालुपाते मार्गमा भेटिएको शंकास्पद झोला बम नभएको पुष्टि भएको छ। कास्की जिल्ला प्रहरीले दिएको जानकारी अनुसार उक्त झोला भेटेरीनरी (पशु सेवा) सम्बन्धी सामग्रीले भरिएको रहेको पाइएको छ।


कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार झोलाभित्र लिक्विड नाइट्रोजन रहेको पुष्टि भएको हो। लिक्विड नाइट्रोजन पशुहरूमा कृत्रिम गर्भाधान (Artificial Insemination – AI) कार्यका लागि प्रयोग गरिने सामग्री हो। पशु प्राविधिक सुरेश श्रेष्ठका अनुसार उक्त नाइट्रोजन करिब माइनस १९६ डिग्री सेल्सियस तापक्रममा रहने गर्दछ र विशेष “रेफ्री” (नाइट्रोजन राख्ने भाँडो) मा सुरक्षित गरिन्छ।

 

 

भाँडो ठोक्किएमा वा घोप्टिएमा ग्यास बाहिर निस्कन सक्ने भए पनि यसले कुनै क्षति नपुर्‍याउने स्पष्ट पारिएको छ।यसअघि पूर्वाह्न करिब ११ बजे स्थानीय सिलाइकटाइ पसलमा एक व्यक्तिले झोला नराख्न भने पनि जबरजस्ती राखेर गएको र केहीबेरपछि झोलाबाट ग्यास निस्किएको देखेपछि पसलधनीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले करिब तीन घण्टा क्षेत्र सिल गरी जाँच गरेको थियो।

 

अनुसन्धानका क्रममा झोला छाड्ने व्यक्ति निर्वाचनका लागि खटिएका कर्मचारी चेतबहादुर कार्की रहेको खुलेको छ। उनी पोखरा महानगर पशु सेवा कार्यालय बिरौटामा कार्यरत कर्मचारी तथा लेकसाइडस्थित तालबाराही माध्यमिक विद्यालय मा खटिएका मतदान अधिकृत हुन्। हतारका कारण झोला छाडेर गएको र सामाजिक सञ्जालमा शंकास्पद झोला भेटिएको खबर देखेपछि फर्केर आएर आफ्नो झोला बुझेका थिए। उनले घटनाप्रति क्षमा मागेका थिए भने स्थानीयले जबरजस्ती झोला राखेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

 

झोला सुरक्षित रूपमा बुझाएसँगै क्षेत्र पुनः शान्त बनेको छ। घटनापछि कास्की प्रशासनले निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त रहेको पुनः दोहोर्‍याएको जनाएको

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...