हिन्दूराष्ट्रका लागि रास्वपालाइ समर्थन दिन तयार – कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले संसदमा बन्ने सम्भावित नयाँ सरकारलाई आफ्नो पार्टीले सर्तसहित समर्थन गर्न सक्ने बताएका छन्।

उनले बाल्न शाहको नेतृत्वमा बन्ने सरकारलाई संसदमा दुईतिहाइ बहुमत पुग्न दुई सिट अपुग रहेको उल्लेख गर्दै सरकार संविधान संशोधनमार्फत नेपाललाई धार्मिक स्वतन्त्रता र समानताको सुनिश्चिततासहित हिन्दूराष्ट्र बनाउने दिशामा अघि बढ्न तयार भए राप्रपाले साथ दिने बताएका हुन्।

 

थापाले उक्त प्रस्ताव स्वीकार गरिएमा राप्रपाका पाँच सांसदले सरकारलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारे।

 

उनका अनुसार हिन्दूराष्ट्र पुनःस्थापना र राष्ट्रिय पहिचानको संरक्षणका विषयलाई प्राथमिकतामा राखेर सहकार्य गर्न राप्रपा तयार रहेको छ।

 

हाल राष्ट्रिय स्वतन्त्र पार्टिका (रास्वपा) र स्वतन्त्र शक्तिहरूको नेतृत्वमा सरकार गठनको चर्चा चलिरहेका बेला राप्रपाको यो धारणा सार्वजनिक भएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...