पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय कमिटी सदस्य, कास्की जिल्ला संयोजक तथा पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्णबहादुर थापाको निधनप्रति नेकपा (एमाले) कास्कीले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार बसेको जिल्ला कमिटी सचिवालय बैठकले थापाको असामयिक तथा अकल्पनीय निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गरिएको छ।

स्व. थापाको जन्म २०१६ साल चैत १६ गते भएको थियो भने २०८२ साल फागुन २८ गते ६६ वर्षको उमेरमा निधन भएको हो।
पार्टीले उहाँको सम्मानसहित अन्त्येष्टि कार्यक्रम पनि सार्वजनिक गरेको छ। कार्यक्रमअनुसार फागुन ३० गते बिहान ७ः३० बजे मणिपाल शिक्षण अस्पतालबाट पार्थिव शरीर ल्याई जिल्ला पार्टी कार्यालय, शान्तिदर्शन मार्गमा बिहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।
त्यसपछि बिहान १०ः१५ देखि १०ः४५ बजेसम्म पोखरा महानगरपालिका कार्यालय, पोखरा–९ दमकल परिसरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।
बिहान ११ बजे पोखरा–१६ बाटुलेचौरस्थित निवासबाट धार्मिक विधिअनुसार शवयात्रा सुरु गरी पोखरा–१६ याम्दी पुल नजिक सेती नदीको तुलसीघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने एमाले कास्कीले जनाएको छ।
यसैबीच जिल्ला पार्टी कार्यालय तथा मातहतका सबै पार्टी कार्यालयमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाइनेछ। जिल्ला पार्टी कार्यालय परिसरमा फागुन ३० गतेदेखि शोक पुस्तिका पनि राखिनेछ।
त्यस्तै यसअघि तय भएका पार्टीका बैठक, भेला तथा समीक्षा जस्ता औपचारिक कार्यक्रम चैत ३ गतेसम्म स्थगित गरिएको एमाले कास्कीले जनाएको छ। साथै तय गरिएका सबै कार्यक्रममा सहभागी हुन पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई जिल्ला कमिटीले अनुरोध गरेको