मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुई जनालाई पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्की ले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुई जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार चैत १ गते दिउँसो करिब ४:३० बजे पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजाघरमा होहल्ला तथा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा खटिएको टोलीले अनुसन्धान गर्दा घटना खुलासा भएको हो।

 

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो तलब र सुविधा दिने प्रलोभनमा होटलमा काम लगाइने र पछि ग्राहकबाट रकम लिएर जबरजस्ती अनैतिक कार्यमा लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ। सोही क्रममा प्रहरीले चार जना महिलाको उद्धार गरेको छ।

 

घटनामा संलग्न रहेको आरोपमा भारत घर भई हाल पोखरा–१४ चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बागलुङ काठेखोला गाउँपालिका–४ घर भई हाल पोखरा–१ बगर बस्ने २८ वर्षीय खेमु थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

 

पक्राउ परेका दुवैजनालाई कास्की जिल्ला अदालत बाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...