पोखरा ।नेकपा एमाले पाेखरा ५ वडा कमिटिले आयाेजना गरेकाे रक्तदान कार्यकालमा ४४ युनिट रगत संकलन गरिएको छ। पाेखरामा रगतकाे अभाब भएकाले सामाजिक उत्तरदायित्व सम्झेर एमाले वडा कमिटीले रक्तदान कार्यक्रम आयाेजना गरेकाे वडा अध्यक्ष बरालले बताए ।

एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य दिलिप बिक्रम शाहीले पहिलाे रक्तदाता वडा अध्यक्ष लक्ष्मण बराललाइ ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरे । कार्यक्रममा धनबहादुर नेपाली र अन्जु के.सि, पूर्व संघीय सांसद दामोदर पौडेल बैरागी, रेडक्रस जिल्ला उपसभापति रमा कोइराला लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला तहका प्रतिनिधिहरू उज्वल खत्री, कल्पना भुवाजी, हरि सुनार, वडा अध्यक्ष विष्णु प्रसाद बराल, सदस्य गोबिन्द पराजुली तथा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा. डा. सरोज कोइरालाको समेत सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता लक्ष्मण बरालले गरेका थिए भने सञ्चालन सचिव वसन्त गौतमले गरेका थिए । साेही कार्यक्रममा पोखरा–५ निवासी क्षयरोग पीडित मनोज सि.के.को निधन पश्चात् आर्थिक अवस्था कमजोर भएकाले दाहसंस्कारका लागि पार्टी कमिटीको पहलमा १३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो। उनका दुई नाबालक सन्तान (छोरा र छोरी) रहेका छन्।
नेकपा एमाले गरिव दुखिकाे सहयाेगी बन्दै दुखकाे साथी बनेकाे हाे । मानविय सेवा पहिलाे प्राथमिकतामा राखेर सधै एमाले जनताकाे वीचमा काम गरिरहने अध्यक्ष बरालले बताए ।