कानुनभन्दा माथि कोही छैन:गृहमन्त्री सुदन गुरुङ

काठमाडौं — गृहमन्त्री सुदन गुरुङले “प्रतिवद्धता भनेको प्रतिवद्धता नै हो, कानुनभन्दा माथि कोही छैन” भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिइएको बताएका छन्।

 


गुरुङले उक्त कदम कसैप्रति प्रतिशोधका लागि नभई कानुनी शासन स्थापना गर्ने उद्देश्यसहित न्याय प्रक्रियाको सुरुवात भएको स्पष्ट पारे।

 

उनले देशमा विधिको शासन मजबुत बनाउँदै दोषीलाई कारबाही गर्ने र निर्दोषलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार अब नेपालले सुशासन, पारदर्शिता र कानुनी शासनतर्फ नयाँ दिशा लिन सक्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...