सभामुख अर्यालद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ, चैत २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलसमक्ष सभामुख अर्यालले शपथ लिनु भएको हो।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको एकल उम्मेदवारी परेको जानकारी दिँदै उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्राद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, मन्त्रीगण, भूपू प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ सरकारी अधिकारी र लब्धप्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...