पाेखरा ।गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठनसँगै विभिन्न मन्त्रालयमा नयाँ मन्त्रीहरू नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी अनुसार गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था,यशोदा रिमाल उद्योग तथा पर्यटन,भिम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी,लक्ष्मण पाण्डे स्वास्थ्य,जित शेरचन — अर्थ, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, नम्डु गुरुङ वन तथा वातावरण, रेखा गुरुङ सामाजिक विकासमन्त्री भएका छन ।
नवनियुक्त मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रदेशको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेश सरकारको यो पुनर्गठनले राजनीतिक सन्तुलन मिलाउनुका साथै विकास निर्माणका कामलाई थप गति दिने विश्वास गरिएको छ।