जातीय विभेद मुद्दामा वडाध्यक्ष अधिकारीलाई सजाय, उच्च अदालतबाट फैसला सदर

पाेखरा ।पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्धको जातीय विभेद तथा दुर्व्यवहार मुद्दामा अदालतको फैसला उच्च अदालतबाट पनि सदर भएको छ।


उच्च अदालत पोखरा ले कास्की जिल्ला अदालत को निर्णयलाई यथावत् राख्दै अधिकारीलाई ४ महिना कैद र १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेशलाई निरन्तरता दिएको हो।
उक्त मुद्दा वडा सदस्य मैया नेपालीमाथि गरिएको जातीय विभेद र दुर्व्यवहारसँग सम्बन्धित हो। जिल्ला अदालतले यसअघि नै दोषी ठहर गर्दै सजाय तोकेको थियो।

 

फैसला पछि पीडित मैया नेपालीले ढिलै भए पनि न्यायको महसुस भएको प्रतिक्रिया दिएकी छन्। उनले लामो कानुनी प्रक्रियापछि आएको निर्णयले आफूलाई राहत मिलेको बताइन्।

 

यस निर्णयले सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट हुने जातीय विभेदजन्य व्यवहारप्रति कानुनी कडाइ हुने सन्देश दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...