प्राकृतिक दोहनमा प्रयोग भएका १ स्काभेटर र ३ टिप्पर नियन्त्रणमा, ७५ हजार जरिवाना

पोखरा, साउन ८ — जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा प्राकृतिक स्रोत (माटो) उत्खनन गरिरहेको अवस्थामा १ वटा स्काभेटर र ३ वटा टिप्पर नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार २०८३ साउन ७ गते दिउँसो करिब २:३० बजे पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा माटो उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माटो लोड गरिरहेको अवस्थामा सवारी साधनहरू नियन्त्रणमा लिएको हो।

२०८३।०४।०८ गते अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर नियन्त्रणमा

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालय पठाइएको थियो। महानगरपालिकाले सम्बन्धित पक्षलाई रु. ७५ हजार जरिवाना गरी सवारी साधन छाडेको प्रहरीले जनाएको छ।प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूमा ग १ क ३७८८ नम्बरको स्काभेटर, ग १ ख ७७६६ नम्बरको टिप्पर, बा १ क ८१७७ नम्बरको टिप्पर लगायत कुल ३ वटा टिप्पर रहेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीले प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...