बाढीमा परी ज्यान गुमाउनेमधये ४६९ जनाको शव फेला,९ जनाको मात्रै पहिचान

काठमाडौं । बाढीमा परी ज्यान गुमाउनेमधये ४६९ जनाको शव फेला परेको छ । तर, हालसम्म ९ जनाको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शव दाबी गर्ने क्रमसँगै पहिचानका लागि विभिन्न विधि अपनाउने काम भइरहेको छ । तर, हालसम्म ९ जनाको शवमात्रै पहिचान भएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

हालसम्म नुवाकोट र काठमाडौंमा ३–३ जना, पोखरामा १ र चितवनमा २ जनाको शव पहिचान भएको काफ्लेले बताए । भेटिएका शवमध्ये अधिकांश क्षतविक्षत भएका कारण पहिचानमा समस्या भएको उनले बताए ।

 

कतिपय शवको अनुहारको संरचना नै बिग्रिएका कारण आफन्तले नै चिन्न नसक्दा शव पहिचान जटिल भएको हो । प्रहरीका अनुसार तनहुँ जिल्लाले मुग्लिङ–देवघाट क्षेत्रमा हालसम्म ३० वटा शव फेला पारेको छ । त्यसमध्ये शुक्रबार विहान दुई शव फेला परे । तर, दुवै शवको टाउको फेला परेको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...