पाेखरा २५ तिब्रेकोटमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध

पाेखरा, भदौ  ।कास्कीको पोखरा महानगरपालिका–२५ तिब्रेकोटस्थित मिलनचोक–घाचोक–लाहाचोक भित्री पक्की सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।

शनिबार साँझ करिब ७ बजे अविरल वर्षाका कारण माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) कास्कीले जनाएको छ।

 

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हेम्जाबाट प्रहरी सहायक निरीक्षक विष्णुमान मानन्धरको कमाण्डमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको छ।

 

सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय तथा पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त स्थान वडा प्रहरी कार्यालय बगरबाट करिब १३ किलोमिटर उत्तरमा पर्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...