पोखरा । रसुवामा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा कास्की जिल्लाका विभिन्न स्थानका व्यक्तिहरू सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।

प्राप्त विवरणअनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाका ११ जना रसुवा क्षेत्रमा सम्पर्कविहीन भएको उल्लेख छ। उनीहरूमध्ये केही व्यक्ति भने पछि सम्पर्कमा आएको विवरणमा जनाइएको छ।
सम्पर्कविहीनको सूचीमा पोखरा–१७ की सविना पौडेल/मिश्र (३३), पोखरा–५ की सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य (३२), पोखरा–१२ का लिला बहादुर थापा (४५) र सुमन श्रेष्ठ (२९), पोखरा–१५ की देवीकुमारी गुरुङ (५१), पोखरा–१३ की विनु गुरुङ (५०) तथा उषा गुरुङ (२९), पोखरा–१४ का गोविन्दबहादुर अधिकारी, पोखरा–१० की देवीकुमारी गुरुङ (५५) र पोखरा–१२ जयटोलका दिलबहादुर थापा (४२) रहेका छन्।
विवरणअनुसार सविना पौडेल/मिश्र, सृष्टि बास्तोला, अभिषेक आचार्य, लिला बहादुर थापा, सुमन श्रेष्ठ, देवीकुमारी गुरुङ (पोखरा–१५), विनु गुरुङ, गोविन्दबहादुर अधिकारी, उषा गुरुङ, देवीकुमारी गुरुङ (पोखरा–१०) र दिलबहादुर थापामध्ये अधिकांशको अवस्था हालसम्म सम्पर्कविहीन रहेको जनाइएको छ।
उक्त विवरणमा पोखरा–१५ का छमप्रकाश थापा (३८) र मनु बुढा (३३) भने सम्पर्कमा आएको उल्लेख छ। त्यस्तै सूचीमा रहेका अन्य जिल्लाका केही व्यक्तिहरू पनि पछि सम्पर्कमा आएको विवरण छ।
रसुवा बाढीका कारण प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले सूचीमा थपघट हुन सक्ने जनाइएको छ।