
नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले हाम्रो देशको वनजंगल सदुपयोग गर्न सक्ने हो भने विदेशमा जाने पैसा रोकिने बताए । निजी क्षेत्रमाथि आक्रमण भइरहेको बेला एउटा युवा उद्यमीको उत्साहलाई हामीले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।सो अवसरमा सिटिजन फर्निचरका अर्का संचालक गुरुदत्त पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए । कार्यक्रम संचालन पाल्पाली समाजका प्रेस सल्लाहकार पत्रकार विजय नेपालले गरे ।
