लागूऔषध सहित पक्राउ

तनहुँ : ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ

मिति २०७७।१२।२८ गते, २१:०० बजे, जिल्ला तनहुँ आबुँखैरेनी गाउँपालिका-४ मुग्लीन पुलजिप स्थित पृथ्वी राजमार्गमा खटीएको प्रहरीको चेकिङ टोलीले शंका लागि चेकजाँच गर्दा पैदल यात्री जिल्ला चितवन शिवनगर नगरपालिका १४ बस्ने वर्ष ३२ को हरी परियारको झोलाबाट लागूऔषध फेनारागन १४४ सेट, डाईजापाम १४४ सेट र नुर्फिन १४४ सेट गरी जम्मा ४३२ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

बाग्लुङ : आगलागीबाट क्षेती

मिति २०७७।१२।२९ गते, अन्दाजी ०२:५० बजे, जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका-३ गुठि स्थित रहेको सिर्जना फर्निचर उद्योगमा अचानक आगालागी हुदाँ सोही फर्निचरका सञ्चालक जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका-१३ बलेवा घर भई हाल ऐ. स्थित बस्ने वर्ष ३३ को बिराज भन्ने केशब हरिजन(मध्यम) र ऐ.-३ गुठि बस्ने वर्ष ६४ को डम्मर बहादुर कार्की(सामन्य) घाइते भई उपाचारको लागि धवलागिरी अस्पताल बाग्लुङमा पठाईएको, उक्त आगलागीबाट अन्दाजी मूल्य रु.१८,५०,०००-(अठार लाख पचास हजार) बराबरको क्षेती भएको भन्ने बुझिएको, फर्निचरसंगै जोडिएको १ घरमा समेत आंशिक क्षेती भएको, घटनास्थलमा तत्कालै प्रहरी टोलि खटि गई स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।

तनहुँ: सवारी दुर्घटना

मिति २०७७।१२।२९ गते, अन्दाजी १०:१० बजे, जिल्ला तनहुँ ब्यास नगरपालिका-४ भोर्लेटार चोक, पृथ्वी राजमार्गमा थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७६ नं.को स्कुटर र बिपरीत दिशाबाट जाँदै गरेको ग १४ प १०५४ नं.को मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक व्यास नगरपालिका-०१ रानीगाउँ बस्ने वर्ष ५५ को कृष्णकान्त कोईराला घाइते भएको, अवस्था मध्यम, पोखरामा उपचार हुँदै, स्कुटर चालक व्यास नगरपालिका-१० दुम्सीचौर बस्ने वर्ष १९को अभिषेक परियार समान्य घाइते, उक्त स्थानमा प्रहरी टोली खटि गइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

 

तनहुँ : फरार प्रतिवादी पक्राउ

मिति २०७७।१२।२९ गते, ०८:४५ बजे, जिल्ला तनहुँ बन्दिपुर गाँउपालिका-४ ठुलो ढुङगा स्थित आफ्नै घरबाट मिति २०७६।०३।१६ गते सम्मानित जिल्ला अदालत तनँहुको फैसला अनुसार लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकिएको फरारा प्रतिवादी  वर्ष ५० की कमला देबी गुरुङलाई ईलाका प्रहरी कार्यालय भानु डुम्रेबाट खटि गएको प्रहरी टोलिले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रकृया अगाडि बढाएको ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...