पोखरा, असार ४ गते । गण्डकीमा शुक्रबार कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार २४ जनाको मृत्यु भएको हो ।

गण्डकीमा मृत्यु भएका मध्य कास्कीका ४ जना,म्याग्दीका ३ जना, गोरखाका १ जना, नवलपरासीका १ जना, बाग्लुुङका १ जना र तनहुँका १ जना रहेका छन् । गण्डकीमा पछिल्लो २४ घण्टामा १८४ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य कास्कीका ८१ जना, नवलपरासीका २७ जना, तनहुँका २८ जना, बाग्लुङका १८ जना, पर्वतका २६ जना र म्यादीका १ जना रहेका छन् ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६५१ जना रहेका छन् भने होमआइसोलेसनमा ४१३० रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ८७६ पुगेको छ ।