पोखरा, असार ७ गते । गण्डकी प्रदेशमा सोमबार ६ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ६ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका ३ जना, स्यांजाका १ जना, लम्जुंगका १ जना र म्याग्दीका १ जना संक्रमितको मृत्यु भएको छ ।

गण्डकीमा सोमबार २७७ नयाँ संक्रमित थपिएका छन । थपिएका मध्य कास्कीका १३५, नवपरासीका ३०, बाग्लुंगका ७, तनहुँ २४, लम्जुंगका १७, गोरखाका १८,पर्वत ८, म्याग्दीका ४ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ६५५ जना कोरोना मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ८९५ पुगेको छ ।