पोखरा, असार २७ गते ।स्वतन्त्रता सेनानी नारायणबहादुर पाण्डेको निधनप्रति नेपालीकांग्रेसका महामन्त्रीशशांक कोइराला र गण्डकी प्रदेशकामुख्यमन्त्री कृष्णचन्द्र नेपालीपोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् । लमजुङको मध्यनेपालनगरपालिका ९ स्थित उनकै निवासमाशनिबार आयोजितश्रद्धाञ्जली सभामा कोइराला, पोखरेलसहित केन्द्रीयतथा स्थानीय नेता, कार्यकर्ता सहभागीथिए । उक्तअवसरमामहामन्त्रीकोइरालाले मुलुकमा स्वतन्त्रता स्थापनाकालागि पाण्डेसहितकाअगुवाहरुको अतुलनीय योगदान रहेको बताए । अग्रजनेताहरुको सम्मानले नै पार्टी थपमजबुतहुने भनाइ उनको थियो ।
गण्डकीका मुख्यमन्त्रीपोखरेलले पञ्चायतकालमा अनेक हन्डर खेपेर नारायणबहादुर पाण्डेले संघर्ष गरेको स्मरण गर्दै उनको निधनले पार्टीमाअपुरणीय क्षतिपुगेको भनाइ राखे । मुलुकमा राजनीतिक सचेतना र स्वतन्त्रताकायमगर्न लमजुङ र लमजुङवासीको भूमिकाउल्लेखनीय रहेको भन्दै उनले प्रशंसा गरे । केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नारायणबहादुरले असल राजनीतिक संस्कार सिकाएर गएको र त्यसको अनुशरण छोराहरुले गरेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरीले लमजुङको ग्रामीण भेगमा रहेर पनि नारायणबहादुरले राजनीतिसँगै शिक्षा र सामाजिकविकासको क्षेत्रमाकाम गरेर अमिट छाप छाडेको बताए । कार्यक्रममापूर्व मन्त्री यज्ञबहादुर थापा, संविधासभा सदस्यशारदा पौडेल, राजु थापा, चन्द्रबहादुर कुँवर, कास्कीकांग्रेस सभापति कृष्ण केसी, नवलपुर सभापति विष्णुप्रसाद लामिछानेसहित नेताकार्यकर्ता सहभागीथिए ।
उपप्रधानपञ्चहुँदै प्रधानपञ्चसमेत भएका ८० वर्षे पाण्डेको असार २१ गते सोमबार निधनभएको हो । उनकै अग्रसरतामागाउँमाविद्यालय स्थापनादेखि विकास निर्माणका थुप्रै कामहरु भएका छन् । उनका जेठा छोरा रमेश पाण्डे लमजुङकै मध्यनेपालनगरपालिकाका मेयर हुन् । कान्छा छोरा महेशपनि पार्टीमाक्रियाशील छन् ।
जेठा छोरा रमेशले बुबाबाट आफूले राजनीतिक संस्कार सिकेको भन्दै पार्टीले अब ग्रामीण भेगमा लुकेर रहेका हस्तीहरुको खोजबिन गरी सम्मानगर्नुपर्ने बताए । जीवनले राजनीतिक स्वतन्त्रताकालागिबिताएकाकार्यकर्ताको मूल्यांकन नेतृत्वतहले गर्नुपर्ने त्यस्तो नभएको उनको भनाइथियो ।