घरबाटै बहस गर्न सकिने तर कानून ब्यवसायी तयार छैनन्

पोखरा, असार २८ गते ।कानून व्यवसायी(वकिल)हरु बहसका लागि अदालत जानुपर्ने अवस्थाको अन्त्य भएको छ । उच्च अदालत पोखराले अदालतमा उपस्थित नभई बहर गर्न मिल्ने व्यवस्था गरेको छ । अव बकिलहरु अदालतमा आएर बहस गर्नुपर्ने अवस्था छैन उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले भन्नुभयो,‘अव घर वा अन्य जुनसुकै स्थानबाटै मुद्धाका विषयमा बहस गर्न मिल्ने प्रविधिको ब्यवस्था गरेका छौ ।’

उच्च अदालत कास्कीले आफनो बार्षिक प्रगति विवरण बारे जानकारी दिन आयोजना गरेको सचारकर्मीसंगको अन्र्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । अदालतले यहाँ उपस्थित नभईकन पनि बहर गर्ने वातावरण सृजना गरेको रजिष्टार पौडेलले भन्नुभयो,‘हामीले पूर्वाधार तयार गरेका छौ । त्यसका लागि तयार छौ । तर उच्च अदालत बारले नगरौ भनेकाले सञ्चालन ल्याउन सकेका छैनौ ।’ अदालतलाई प्रविधिमैत्री बनाउदै लगिएको र यसले काम कारबाहीमा सहजता ल्याउने विश्वास गरिएको उहाँले बताउनुभयो । ‘अव बहसका लागि अदालतमै उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ तर कानून ब्यवसायीहरु तयार नहुदाँ कार्यान्वयन गर्न सकिएको छैन् ।’

 

अदालतमा मेलमिलाप प्रभावकारी बन्न नसकेको समेत बताउनुभयो । हामी मुद्धा फैसला गर्न आतुर छैनौ उहाँले भन्नुभयो,‘मेलमिलाप गराउने प्रकृतिका मुद्धालाई मेलमिलाप गराउन प्राथमिकता दिएका छौ । तर कानून व्यवसायीका कारण मेलमिलाप हुन सकेको छैन् ।’ मुद्धाका दुवै पक्ष मेलमिलाप गर्न सहमत भए हामी पनि त्यसका लागि तयार छौ उहाँले भन्नुभयो, ‘कानून व्यवसायी र मेलमिलापकर्ताकै कारण पनि मेलमिलाप प्रभावकारी बन्न सकेको छैन् ।’

उहाँले कुशल मेलमिलापकर्ताको अभाव खड्किएको समेत बताउनुभयो । मेलमिलाप गराउन तालिम प्राप्त र उच्च ज्ञानको क्षमता भएको मेलमिलापकर्ता नहुदाँ प्रभावकारी नभएको बताउनुभयो । उच्च अदालत पोखराले चालु आर्थिक वर्षमा २५ वटा मात्रै मुद्धा मेलमिलापबाट समाधान भएको जनाएको छ ।

 

मेलमिलाप हुनुपर्ने मुद्धाको संख्या ३४१ रहेको र चालु आवमा २५ वटा मिलेर ५२ वटा असफल भएको रजिष्टार पौडेलले बताउनुभयो । यो प्रतिशतलको आधारमा सफल २५.५१ प्रतिशत रहेको भने असफल प्रतिशत ५३.०६ प्रतिशत रहेको छ ।उच्च अदालत पोखराका न्यायाधी बालकृष्ण उप्रेतीले मिडियाले समाचार सम्प्रेसण गर्दा सत्य र तथ्यमा आधारि भएर गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चार माध्यमहरुले गलत सुचना प्रवाह गर्दा त्याय सम्पादनमा कठिनाई हुने भएकाले सचेत र सजग हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...