पोखरामा स्थगित खोप कार्यक्रम भोलीदेखि सञ्चालन गरिने

साउन ११ गते १८ देखि ३३ मा भेरोसिल, साउन १२ र १४ गते जेन्सन

पोखरा, साउन १० गते । पोखरा महानगरपालिकामा स्थगित खोप कार्यक्रम सञ्चालन हुने भएको छ । केहीदिन अघि लगाउदाँ लगाउदैको अवस्थामा स्थगित खोप कार्यक्रम सुरुचारु गर्ने सहमती भएको छ । पोखरा महानगरपालिकामा बसेको खोप व्यवस्थापन समितिको बैठकमा विगतको कमजोरीलाई सच्याउदै खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

साउन ११ गते महानगरका १८ देखि ३३ वडामा भेरोसिल खोपको पहिलो डोज लगाउने निर्णय भएको छ । महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बैठकले उक्त निर्णय गरेको हो । महानगरका लागि १७ हजार २ सय ६१ डोज भेरोसिल खोप साउन ११ गते लगाइने छ । सोही वडाहरुमा अमेरिले अनुदानमा दिएको जेन्सन एण्ड सेन्सन खोप लगाइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । त्यस्तै साउन १४ गते पोखरा महानगरका १ देखि १६ वडामा जेन्सन एंण्ड जेन्सन खोप लाइने छ । जेन्सन खोप १६ हजार ८ सय डोज महानगरका लागि आएको छ । जोन्सन खोप ५४ वर्ष मुनिका उमेर समुहलाई लगाइने भएको छ । भेरोसिल खोपको ५४ वर्षमाथि शिक्षक, चालक, सहचालक अन्य नागरिकलाई लगाइने छ ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले भेरोसिल ५४ वर्ष माथिको उमेर समुहलाई र जेन्सन खोप ५४ मुनिका लागि लगाउने स्वास्थ्य मन्त्रालयको कार्यविधिमा उल्लेख गरिएकाले त्यही अनुसार लगाउनुपर्ने बताउनुभयो । जेन्सन विदेश जाने र शरणार्थीहरुका लागि प्राथामिकतामा राखेर लगाउनुपर्ने बताउनुभयो । भेरोसील खोप विदेशमा अझै मान्यता नपाएकाले विदेश जानेहरुलाई अमेरिकी खोप जेन्सन प्राथमिकताका साथ लगाउनुपर्ने बताउनुभयो । खोप लगाउन महानगरमा ५१ वटा खोप केन्द्र तोकिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...