घरेलु तथा हस्तकला उपसमितिले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

घरेलु तथा हस्तकला उपसमितिले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सोमबार ज्ञापन पत्र बुझाइएको छ ।पोखरा उद्योग वाणिज्यसंघ कार्यसमिति कास्कीका सदस्य एवम् घरेलु तथा हस्तकला उपसमितिकी संयोजक पवित्रादेवी गुरुङको नेतृत्वमा कोशेली घर तथा महिला उद्यमशीलताको विकास सहयोगको माग गरि पत्र बुझाइएको हो ।

पोखरामा आएका पर्यटकहरुलाई चिनो स्वरुप लैजाने एकै थलोवाट विक्रि गर्ने व्यवस्थाका लागि कोशेली घरको निर्माण गर्न, आधिकारीक व्यवसायीहरुलाई राज्यले विमा व्यवस्थापन गर्न, अनुदान उपलव्ध गराउन लगायतका माग रहेको संयोजक गुरुङले जानकारी दिनुभयो ।

 

महिलाहरु आत्मनिर्भर हुने इच्छा भएपनि पूँजी तथा आबश्यक सीपको अभाव भएकाले सीपमुलक तालिमको व्यवस्था गर्नुका साथै आर्थिक सहयोग गर्नेबारे पत्रमा उल्लेख गरिएको छ । घरेलु उद्योग तथा हस्तकलाको विकास भए मुलुकको आर्थिक समृद्धिमा टेवा मिल्ने समेत संयोजक गुरुङले बताउनुभयो ।

 

पत्र बुझ्नुहुँदै मन्त्री पोखरेलले कोरोना प्रभावितको अवस्थामा पनि साना उद्योग, उद्यमी, व्यवसायीहरुलाई अगाडी वढाउनका लागि अहिलेको वजेटमा व्यवस्था गरिइएको बताउनुभयो । व्यवसायीलाई फस्ताउन र ग्यारेन्टी बारे सोच्ने र सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समितिले घरेलु तथा साना उद्योग कास्कीलाई समेत ज्ञापन पत्र बुझाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...