गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा पदभार ग्रहण

सविधान र कानूनको परिधिमा रहेर अभिभावकीय जिम्मेवारी पुरा गछु ः प्रमुख गुरुङ

पोखरा, साउन १८ गते ।गण्डकी प्रदेशका नवनियूक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय सहिदचोक पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गदै नवनियुक्त प्रदेश प्रमुख गुरुङले आफु गण्डकी प्रदेको अभिभावकको रुपमा संविधान, ऐन नियम र कानूनको परिधिलाई मध्यनजर गदै हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

 

प्रदेश प्रमुख गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजी बराल, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी, सञ्चार तथा प्रदेश मार्मिलामन्त्री विन्दुकुमार थापा, वन वातावरण तथा भुसंरक्षण दिपक थापा, प्रमुख सचिव प्रमुख जिल्ला अधिकारी, लगायत कर्मचारीहरुको उपस्थिति रहेको प्रदेश प्रमुख कार्यालयका प्रवत्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...