पोखरा, साउन २६ गते ।कास्कीमा श्रीमानको कुटपिटबाट श्रीमतिको मृत्यु भएको छ । मंगलबार दिउसो कास्कीको माछापुछ्रे गाँउपालिका २ बाझाखेतमा वर्ष ६५ का श्रीराम कामीले आफ्नै श्रीमती वर्ष ५५ कि श्रीमाया कामीलाई मादक पदार्थ सेवनगरी सिलौटाको लोराले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
घाइते श्रीमतिको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पाताल ल्याइएकोमा उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।