भरुवा बन्दुक सहित मादी गाउँपालिकाका गुरुङ पक्राउ 

पोखरा, साउन २८ गते । कास्कीमा भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मादी गाउँपालिका–५ थाम बस्ने वर्ष २६ को कोष बहादुर गुरुङले अवैध रुपमा हात हतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरी टोलीले गुरुङको घर खान तलासी गर्दा १६ बोरको दुई नाले भरुवा बन्दुक १ थान, कार्टिज ५ थान,  बारुद अन्दाजी २०० ग्राम र सिसाको छर्रा १६ वटा फेला पारेको जनाएको छ । गुरुङलाई  नियन्त्रणमा लिई थप अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ ।

 सवारी दुर्घटना

मिति २०७८।०४।२८ गते अन्दाजी १३ः१५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका–१६ मातृशिशु अस्पताल अगाडी बगरबाट महेन्द्र गुफा तर्फ जादै गरेको ग २० प २२६८ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला कास्की पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने वर्ष ५६ की दिलमाया छन्त्याल ऐ.बस्ने  वर्ष ६ की जोनिसा छन्त्याललाई  ठक्कर दिँदा घाईते भई उपचारको लागि अस्पतालमा पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...