पोेखरा ३२ मजुवाबस्तीका १८ वर्ष माथिका सबैलाई खोप

पोखरा, साउन २९ गते ।पोखरा महानगरपालिका वडा नम्वर ३२ मजुवा बस्तीका १८ देखि माथिका सबै उमेर समुहका ब्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइएको छ । महानगरले पोखरा ३२ मजुवाको सेती नदी किनारमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गदै आएकाले त्यहाँका नागरिकलाई प्राथमिकतामा राखेर १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाएको हो ।

खोप कार्यक्रमको सुरुवात गदै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले अन्य वडामा स्वास्थ्य मन्त्रालयको खोप निर्देशिका अनुसार माथिल्लो उमेर समुहबाट खोप लगाउदै आएको भएपनि मजुवाबासीले कोरोना संक्रमितको शव व्यवस्थापनमा सहयोग गरेका कारण १८ वर्षमाथिका सबैलाई खोप लगाइएको बताउनुभयो ।

हामीलाई शव व्यवस्थापनका लागि जग्गाको अभाव भैरहेका बेला यहाँका नागरिकले गरेको सहयोग र त्यसपछिको जोखिमको अवस्थालाई ध्यानमा राखेर सबै उमेर समुहका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको हो उहाँले भन्नुभयो,‘यहाँको जोखिम र मजुवाबासीको मागका आधारमा सबैलाई खोप लगाइएको हो ।यहाँ भन्दा अगाडी सबैको पिसिआरको व्यवस्था समेत गरेका थियौ ।’

 

उपप्रमुख गुरुङले खोप लगाएपनि सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । १८ वर्षदेखि माथिका उमेर समुहका ४ सय ४० जनालाई खोप लगाइएको थियो । पोखरा महानगरपालिकाभित्र १८ वर्षमाथिका सबैले खोप लगाउने बस्तीमा मजुवा परेको छ ।अहिलेसम्म ५२ वर्षमाथिका उमेर समुहले मात्रै खोप लगाएका छन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...