गण्डकी, साउन ३१ गते । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढने बताउनु भएको छ ।नेकपा (एमाले) पोखरा १७ वडा कमिटि कार्यालयको आज डेमसाईडमा उद्घाटनसंगै पार्टी विस्तारीत बैठकमा बोल्दै उहाँले पार्टी निर्माणमा एकतावद्ध भएर जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
निर्वाचित जनप्रतिनिधि र पार्टी बीचको सम्वन्ध पानी र माछा जस्तै हुनु पर्ने उल्लेख दिंदै उहाँले नेकपा एमालेले शुरु गरेको सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई जनताको घरघरमा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।विस्तारीत बैठकमा जिल्ला पार्टी सचिव दामोदर बैरागीले निकट भविष्यमा हुने पार्टी महाधिवेशनसंगै मुलुकमा हुने तीनै तहका निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले) पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेलले पार्टीको आन्तरिक जिवनलाई मजवुद बनाउन प्रत्येक कार्यकर्ता उत्पादनसंग जोडिनु पर्नेमा जोडदिनुभयो ।पार्टी वडा कमिटी १७ का अध्यक्ष सुभाष ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसुन्धरा पौडेल, सचिव लालबहादुर रानामगर लगायतले पार्टीका गतिविधिबारे जानकारी गराउनु भएको थियो ।कार्यक्रममा पार्टीका जिल्ला स्तरका नेता, जनवर्गीय संगठन, बिभिन्न्न टोल कमिटिका पदाधिकारी तथा प्रतिनिधिहरु लगायत वडास्तरीय पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।