पोखरा महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको चिनको नानिङ नगरले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाको रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सोमबार पोखरा महानगरपालिकामा आयोजित कार्यक्रममा सामग्री ल्याउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने चिन ओभरसिज एसोसिएसनका अध्यक्ष साङ, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई लगायतले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...