लेखा समिति सभापति बन्न गरेको आग्रह एमाले सांसद थापाद्धार अस्वीकार

पोखरा, भदौ २ गते । नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सार्वजनीक लेखा समितिको सभापति बन्न गरेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रदेश सभाका संसदीय दलका नेता एवं पूर्वमख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनीक लेखा समितिको सभापति बन्ने गरेको आग्रह थापाले अस्वीकार गरेका हुन् ।


गण्डकी प्रदेश सभामा नेकपा एमालेको सरकार विस्थापन गरी काँग्रेस नेतृत्वको सरकार गठनसंगै लेखा समिति प्रमुख प्रतिपक्ष दल एमालेको भागमा परेको छ । यसअघि नेपाली काँग्रेसका सांसद कुमार खड्का सभापति रहेका थिए । थापाले दलका नेता एवं पूर्वमुख्यमन्त्रीले आफुलाई मन्त्री नबाएपछि असन्तुष्ट बनेका थिए । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले थापालाई मन्त्री बनाउन गरेको आग्रहलाई समेत व्यवस्था गरेका थिए ।

कास्कीबाट मन्त्री बनाउदाँ थापानै बन्ने भएपछि कसैलाई मन्त्री नबनाएको चर्चा त्यति बेला नै भएको थियो । सुरुवातमा गण्डकीमा किरण गुरुङलाई मुख्यमन्त्री बनाउन छलफल गरेको विषयमा रुष्ट बन्दै गुरुङले थापालाई मन्त्री नबनाएको स्रोतले बतायो । थापासंग रुष्ट बनेका कारण पार्टी अध्यक्षको आदेशलाई समेत अवज्ञा गदै गुरुङले थापालाई मन्त्री नबाएको एमाले स्रोतले बतायो । प्रदेश राजधानी रहेको कास्कीबाट मन्त्री नहुदाँ गुरुङको आलोचना समेत भएको थियो ।

‘हिजो मन्त्री बनाउन पार्टी अध्यक्षले भन्दा पनि उहाँले बनाउनु भएन । अव डेढ वर्षको लागि सभापति बन्ने मेरो चाहना छैन् ।’ पूर्वमुख्यमन्त्री ज्यूले लेखा समितिको सभापति बन्न पटक–पटक आग्रह गर्नुभएको छ । मलाई त्यसमा रुचि छैन् उहाँले सफल न्यूजसंग भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...