पोखरा, भदौ ८ गते । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद सघ संक्रिय भएको छ । २०७१ सालमा स्थापना भएको संघ निस्क्रिय रहेका थियो छ । पछिल्लो समय आफनो उपस्थिति र गतिविधिलाई तिव्र पारेको छ । संघले कास्कीमा समिति विस्तार गरेको छ ।
संघ कास्कीको अध्यक्षमा नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुनलाई चयन गरेको छ । त्यस्तै प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्धितिय उपाध्यक्षमा रेखमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटल घलेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हिमाल गुरुङ, लामा अमृत गुरुङ, ईन्द्र गुरुङ, हितमान गुरुङ, विरेन्द्र गहतराज, आनन्द कुवँर, विष्णु गुरुङ, पदम गुरुङ, नरबहादुर गुरुङ, विशान थापामगर, इन्द्र कुँवर, नविन आले, विकास गुरुङ, अमृत कुमार चन्द, किरण परियार, ताईकाजी गुरुङ, लक्षिनकुमार गुरुङ, लक्ष्मण कुँवर, विजय आले मगर, लक्ष्य गुरुङ, विनय गुरुङ, उत्तम श्रेष्ठ, उत्तमान उदास र अमृत गुरुङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष नविन पुनले खेलाडी र खेलकुदको विकासमा सबैको साथ र सहयोगले अगाडी बढने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले लोकतान्त्रिक खेलकुद संघ खेलाडीको दुःख सुखको साथी बन्ने बताउदै अग्रजको सल्लाह र सुझाव सहित अगाडी बढदै देशभरमा नमुना संघ बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रदेश सदस्य शिव बास्तोलाले गरेका थिए ।