पोखरा, भदौ १५ गते । रात्रीकालिन ब्यवशाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट ब्यवशायीहरुले कास्की प्रशासनलाई चाबी बुझाएका छन । कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवशाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्द्र व्यवशायीहरुले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन ।
चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट ब्यवशायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यशायहरु खुलेपनि रात्रीकालिन ब्यवशाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको वताए । सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ संचालन हुन नपाउदा व्यशावयी संगै दैनिक जीवन चलाउने कलाकारहरु समेत मारमा परेको उनको भनाइ रहेको थियो । निषेधाज्ञा खुकुलो भएसंगै अन्य ब्यवशायहरु सञ्चालनमा आइसक्दा रात्रीकालीन ब्यवशायलाईनै मुख्य निगरानीमा राख्नु राज्यको रात्रिकालीन ब्यवशायलाई गर्ने व्यवहारनै नकारात्मक रहेकाले सरकारको ध्यानाकर्षण गराउन आफुहरुले ब्यवशाय बन्द गरी चाबी हस्तान्तरण गर्न बाध्य भएको समेत गुरुङले वताए ।
संघका महासचिव चोलेन्द्र पौडेलले सम्पूर्ण क्षेत्रमा कोरोना खोप पुगिसक्दा अझैपनि दोहोरी व्यशायमा आवद्ध सञ्चालक र कर्मचारीहरुले खोप नपाउनु दुखद रहेको वताए । यथासक्य छिटो खोपको ब्यवस्था गर्न समेत उनले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराए । सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न आफ्नो र प्रशासनको तर्फबाट पहलकदमी थाल्ने वताए । रात्रीकालीन ब्यवशायको वारेमा आफुले आगामी बैठकमा कुरा राख्ने वताउदै प्रमुख जिल्ला अधिकारी गौतमले कास्कीमा आफुहरुले सोचेजस्तो खोपको पूर्ती गर्न नसकिएको वताउदै हाल अत्यावश्यक क्षेत्रमा काम गरिरहेकोहरुलाई मात्र खोप दिइएको वताए ।