पोखरा, भदौ २६ गते । युवा संघ नेपालका पूर्व अध्यक्ष एंव नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले सभामुख अग्निप्रसाद सापकोेटा निष्पक्ष नभएको बताउनु भएको छ ।
नेपाल खेलकुद महासंघ कास्कीले पोखरामा आयोजना गरेको सपथ ग्रहण, प्रशिक्षक तथा खेलाडी सम्मान कार्यक्रममा बोल्दै उहाँले सभामुख माओबादीे कार्यकता र गुरिल्ला भएको आरोप लगाउनुभयो । सभामुख सधै निष्पक्ष हुनुपर्नेमा प्रचण्डको कार्यकता बनेर संसदमा प्रस्तुत भएको बताउदै भन्नुभयो,‘न्यायको तराजु उठाउने सभामुखले तराजु गलत ढंगले उचालेका छन् । उनी माओबादी कार्यकता भए ।’ हामीेले सबैको साझा सभामुख खोजेका हौ उहाँले भन्नुभयो, ‘तर त्यस्तो हुन सकेन् । अग्नि सापकोटा हुदाँ सम्म मान्य हुदैन् ।’
उहाँले नेकपा एमालेको विकास र समृद्धिको यात्रालाई रोक्ने काम परमादेश सरकारले गरेको आरोप लगाउदै विकास, स्वाधिनता र समृद्धिको पक्षमा उभिन युवा तथा खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले एमाले सत्तामा आएपछि मात्रै खेलकुदको विकास भएको दावी गर्नुभयो । पोखरा रंगशाला निर्माण होस वा अन्य ठाँउमा खेलकुदका पूर्वाधार निर्माणले पुष्टि गरेको अध्यक्ष पौडेलको भनाई थियो ।