अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल

पोखरा । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल भएका छन् ।शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकिएको हो ।अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंगै पौडेलले बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह त्यसैको जगमा बलियो संगठन निर्माण गर्ने बताएका छन ।उनले प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय हुने बताए ।१२ बर्षकै उमेरदेखि नै अनेरास्ववियुको प्रारम्भीक कमिटीको अध्यक्ष हुदै जिल्ला कमिटीमा प्रवेश गरेका उनले विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका थिए ।

 

अनेरास्ववियुको ३ कार्यकाल जिल्ला सदस्य हुँदै २०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । २०७२ मा भएको अनेरास्वबियुको राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

 

म्याग्दी जिल्ला भित्र सामाजिक कार्यमा, विपत् व्यबस्थापनमा अग्रणी भुमिकामा रहेर जिल्लाभर लोकप्रिय मानिएका उनी देशभरका अनेरास्वबियु विद्यार्थी माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । तराईमा हावाहुरीका कारण बस्ती उडाउँदा भोलिपल्ट नै पौडेल आफ्नो नेतृत्वको टिमसहित तराई पुगेर उद्धारमा खटिएका थिए ।

 

उमेरको हद चर्किरहने अनेरास्ववियु मा पौडेल कम उमेरका प्रभाबशाली नेता हुन् । अनेरास्वबियुमा पछिल्लो समय पुर्नगठनको मागसहित पौडेलले सामाजिक सन्जालमा आवाज उठाएसंगै अनेरास्वबियु नेतृत्व हस्तान्तरण तर्फ अगाडी बढाउन चर्को दवाब सामाजिक सन्जाल मार्फत परेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...