घटना दर्ता समयमै गर्न उपप्रमुख गुरुङको आग्रह

पोखरा, असोज १२ गते । कानुनी पहिचान (नागरिकता र जन्म दर्ता) सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना र महिला कानून र विकास मञ्चको सहयोगमा आयोजित कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले समयमै घटना दर्ता समयमै नगर्दा नागरिकहरुले समस्या भोग्नु परेको बताउदै विवाह,जन्म, मृत्यु दर्ता र नागरिकता समयमै बनाउन नागरिकलाई आग्रह गर्नुभयो ।


उहाँले महानगरबासीलाई समयमै विवाह, जन्म, मृत्यु दर्ता गराउन सचेतना आवश्यक रहेको बताउनुभयो ।‘ नागरिकहरुले समयमै घटना दर्ता नगर्दा समस्या र झन्झत हुने भएकाले त्यस बारेमा जनप्रतिनिधिले सचेतान जगाउन आवश्यक छ ।’


उहाँले अहिले संसदमा पेश भएको नागरिकता विधेयकमा सिफारिस गर्ने वडा अध्यक्षलाई समेत कारबाही हुने व्यवस्था संशोधनका लागि आवाज उठाउन सुझाव समेत दिनुभयो । ‘सिफारिस गर्ने वडा अध्यक्ष समेत दोषि हुने कानुनी व्यवस्था विरुद्धमा आवाज बुलन्द गरेर खारेजीका गर्नुपर्छ ।’

उहाँले न्यायिक समितिमा माना चामल, ज्येष्ठ नागरीकको लालनपालन, सम्वन्ध विच्छेक्ष लगाएका मुद्धा बढि आउने गरेको बताउदै न्यायिक समिति संवैधानिक व्यवस्था भएकाले यसको निर्णय कार्यान्वयन बाध्यकारी हुने बताउनुभयो । कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले जन्मदाता र नागरिकता सम्वन्धि कानूनी व्यवस्था, सजाय लगायत बारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगर न्यायिक समिति सदस्य किशोर बरालले स्वागत र सञ्चालन कल्पना ढकालले गर्नुभएको थियो । कार्यक्रममा पोखरा महानगरका ३३ वटै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...