ग्रामिण क्षेत्रमा खेल पूर्वाधार निर्माण गछौँ :मन्त्री राजिब गुरुङ

गोर्खा, असोज २१ गते ।गण्डकी प्रदेशका युबा तथा खेलकुद मन्त्री राजिब गुरुङले प्रदेशका गाउँ गाउँमा खेलकुदका लागि आवश्यक भौतिक पुर्वाधार निर्माण गर्ने बताउनु भएको छ । खेल मैदान निर्माण गरेर खेलाडी खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गरिने बताउनुभयो ।


युनाइटेड युथ क्लब रिसान थालाजुङ्ग गोर्खाले आयोजना गरको शुभकामना आदानप्रदान तथा खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले गाउँगाउँमा खेलमैदानका निर्माण गरि खेलकुदको बिकास गर्ने योजना सहित मन्त्रालय लागेको बताउनुभयो । ग्रामिण क्षेत्रबाटै खेलकुदको विकास गर्ने योजना र लक्ष्य रहेको बताउदै मन्त्रालयले सबै बिधाका खेलाडीलाइ प्रोत्साहन गर्ने बताउनुभयो । अब हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउने गरी पूर्वाधार निर्माण र प्रशिक्षणको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
ृउहाँले खेलाडीहरुले उच्च मनोबलका साथ खेलकुद प्रशिक्षण निरन्तर गरे मात्र सफल हुने बताउनुभयो ।

 

उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले प्रदेशका सम्पुर्ण गाउँमा रहेका खेलमैदानको अवस्था निरीक्षण गरि भत्के र बिग्रेका तथा प्रयोगमा आउन नसकेका खेलमैदानको पुन निर्माण गर्ने समेत बताउनुभयो ।गाउँ स्तरमा सन्चालन हुने साना ठुला प्रतियोगिताले नै देशमा उत्कृष्ट खेलाडी जन्माउने हुदा यस्ता प्रतियोगिताहरुले खेलाडीको आत्मबल बढाउने र उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न सहज हुने उहाँको भनाई थियो ।

 

कार्यक्रममा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्य अन्तरगत मन्त्री गुरुङले प्रतियोगिता बाट उत्कृष्ट हुने खेलाडीलाई नगद रु ५ हजार दिने घोषणा समेत गर्नुभयो ।कार्यक्रममा मन्त्री गुरुङले खेलका लागि आवश्यक पर्ने खेलकुद सामाग्रीहरु गोर्खा जिल्लाका विभिन्न क्लबका अध्यक्ष तथा खेलाडीलाई बितरण गर्नुभयो ।यसरी वितरण भएका खेलकुद सामाग्रीहरुमा फुटबल, भलिबल,नेट जाली लगाएतका सामाग्री रहेका छ्न । असोज २६ गते सम्म सञ्चालन हुुने फुटबल प्रतियोगितामा चितवन,काठमाडौ, लमजुङ, तनहुँ लगाएतका २१ टिम को सहभागिता रहेको युनाइटेड युथ क्लब रिसान थालाजुङ्गका अध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...