पोखरा, कात्तिक १६ गते । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार सुरु भएको छ । बजारमा तिहारा लागि आवश्यक सामग्री किन्नेहरुको भीडभाड बढेको छ । चाडपर्वमा म्याद गुज्रेका तौल कम भएका खाद्य सामग्री विक्री वितरण हुने गरेको भन्ने गुनासालाई सम्वोधन गर्न पोखरा महानगरपालिकाले मंगलबार बजार अनुमगन गरेको छ । विशेष गरी तिहारका लागि आवश्यक सामग्रीहरु किनबेच हुने पसलहरुमा महानगरले अनुमगन गरेको हो । पोखराको तेर्सापट्टी, नालामुख क्षेत्रमा रहेका पसलहरुमा अनुगन गरेको हो ।
पोखरा महानगरका कार्यबाहक प्रमुख एंव अनुमगन समितिका संयोजक मञ्जुदेवी गुरुङ सहितको टोली अनुमगनमा पुगेको थियो । अनुगमनका क्रममा तौल कम भएका, म्याद गुज्रेका, उत्पादन र समाप्त मिति उल्लेख नभएका तथा मुल्यसुची नलेखिएको फेला परेको पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिनुभयो । तेर्सापट्टीस्थित महावीर खेलौना पसलमा म्याद गुज्रेका खाद्य सामग्री र मुल्यसुचि नटाँसिएको पाइयो उहाँले भन्नुभयो, म्याद गुज्रेका सामान तत्काल हटाउने र मुल्यसुचि टाँन निर्देशन दिई महानगरमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यस्तै पोखराको नालामुखमा रहेको न्यू पशुपति मिठार्ई पसलले एक सय ग्राम तौल कम गरी प्याकिङ गरेका ओखरका प्याकेट एककेजी पु¥याएर पूर्न प्याकिङ गर्न निदेर्शन दिदै महानगरमा सम्पर्क राख्न निर्देशन गरिएको सदस्यसचिव कार्कीले जानकारी दिनुभयो । चाडपर्वमा व्यवसायीले उपभोक्तालाई ठग्ने गरेको गुनासो आउने गरेपछि अनुमगन गरिएको महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका शिवप्रसाद गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शिव बराल, गुणस्तर तथा नाप तौल कार्यालयका रघु पौडेल, महानगर सहकारी तथा उद्योग वाणिज्य शाखाका अर्जुन नेउपाने, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि मंगल नेपाली, महानगर कृषि महाशाखाका दामोदर अधिकारी लगायत सहभागी हुनुुहुन्थ्यो ।