गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको स्वीकार गर्नुभएको छ। नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी र कास्की जिल्लाले संयूक्त रुपमा विभिन्न चाडपर्वहरुको अवसरमा मंगलबार पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमम बोल्दै उहाँले भन्नुभयो, खेल क्षेत्र अझैपनि सरकारबाट उपेक्षित बनेको छ ।
उहाँले खेलकुदका बारेमा भाषण, बोली र दस्तावेजमा प्राथमिकतामा परेपनि बजेट विनियोजनमा कम महत्व पाउने गरेको छ । अव आत्मविश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले नेपालको प्रतिष्ठा र स्वाभिमान बढाउने गरी खेलाडी उत्पादनमा भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक खेलकुद संघलेसंग प्रदेश सरकारले धेरै अपेक्षा गरेको बताउदै भन्नुभयो खेलकुद नीति कस्तो हुने र संघ के चाहन्छ भन्ने बोमा छलफल र सुझाव दिने दायित हो भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, लोकतान्त्रिक खेलकुद संघ गण्डकीका कोषाध्यक्ष मदन केसी, सचिव प्रितम गुरुङ, जिल्ला अध्यक्ष नविन पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको थियो ।यसैवीच कार्यक्रममा पूर्व राष्ट्रिय पौडी खेलाडी डम्वर बहादुर पुनलाई सम्मान गरिएको थियो । मन्त्री खड्काले दोसल्ला सम्मानपत्रले सम्मान गनुृभयो ।