पोखरामा मानवसेवा देउसीभैलो ,२८ लाख ४२ हजार संकलन

मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माण सहयोगका लागि आयोजना भएको बृहद् सांस्कृतिक देउसी भैलो कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, दोहोरी गायक पशुपति शर्मा, लोक गायक चिरन बराल, देवीस्थान हेम्जा भजन समुह, पोखरा हेम्जा परिवारको खैजडी भजन,मानवसेवा आश्रमका अभियन्ता र बालगोपालहरुको प्रस्तुति रहेको कार्यक्रममा करिब ७०० जनाको सहभागीता रहेको थियो ।


कार्यक्रमबाट मानवसेवा आश्रम पोखरा शाखाको भवननिर्माणको लागि रु २८ लाख ४२ हजार २ सय ८९ रुपैया रकम संकलन भएको छ । सबाहेक  देउसी भैलो कार्यक्रममा मानवसेवा आश्रम पोखरा शाखाको  १५ कोठा निर्माणको लागि प्रति कोठा रु ५,११,१११ को दरले अन्य विभिन्न जिल्लामा सञ्चालित १५ शाखाहरुले योगदान गर्ने घोषणा समेत भएको छ ।

हाल सात प्रदेशको १६ जिल्लामा २३ ओटा मानवसेवा आश्रमको सेवाकेन्द्रहरु सञ्चालित छन् । उक्त आश्रममा हाल ७७ ओटा जिल्लाबाट उद्धार गरिएका १६०० बढी  बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर सहयोगापेक्षी मानवहरु आश्रित छन् ।

कार्यक्रम मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षता र गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख
पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । यस्तै गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री  हरिशरण आचार्य,
प्रदेश सभा सदस्य इन्द्रभारा बिष्ट, प्रभा कोइराला, कृष्ण थापा लगायत महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...