पोखरा, कात्तिक १७ गते । कास्कीको माछापुच्छे गाँउपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । कास्की प्रहरीले बुधबार (आज)विहान पक्राउ गरेको हो ।
माछापुच्छे वडा नम्वर २ तातोपानी स्थित तातोपानी ईन होटलमा तास खेलिरहेको भन्ने सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो । कास्कीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेका ११ जना व्यक्तिहरूलाई नगद १५ लाख २४ हजार ७० रुपैयाँ सहित ५२ पत्ती तास सहित खेलिरहेको अवस्थामा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका सवैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्ने वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण :-
- जिल्ला स्याङ्जा हरिनाशगा.पा. वडा नं ०३ स्यानोकान्ला बस्ने वर्ष २८ को कमल भण्डारी ।
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १७ ड्यामसाईड बस्ने वर्ष २३ को सरोज श्रेष्ठ।
- जिल्ला स्याङ्जा पुतलीबजार न.पा. वडा नं ०२ ज्यामिरे बस्ने वर्ष २८ को दिपेश गुरुङ ।
- जिल्ला अर्घाखाँची भूमिकास्थान न.पा. वडा नं ०२ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १७ ड्यामसाईड बस्ने वर्ष ३४ को दामोदर पौडेल ।
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष २६ को विनय गुरुङ ।
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष ३२ कोकर्ण के.सी. ।
- जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं १ पोखरा बसपार्क बस्ने वर्ष ३५ कोराजु घिमिरे ।
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ०८ सिमलचौर बस्ने वर्ष ४३ को नारायण सिग्देल ।
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.०६ बैदाम बस्ने वर्ष ४३ को राजु कार्की ।
- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२६ अर्घौंअर्चले बस्ने वर्ष ३३ को स्वागत रानाभाट ।
- जिल्ला बाग्लुङबा.न.पा. वडा नं. ०८ वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १७ ड्यामसाईड बस्ने वर्ष ३९ को मन बहादुर खड्का ।
थप जानकारीको लागि
प्रवक्ता/ सूचना अधिकारी
प्र.ना.उ. सुवास हमाल
सम्पर्क नं. ९८५६०३५५१२